झापा, मंसिर १८ । झापामा पशुपंछीसम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.५बस्ने ३० वर्षीय बिरु भन्ने बिरबहादुर दनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो ।

अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतको गत चैत २९ गतेको फैसला अनुसार पशुपंछीसम्बन्धी कसुर मुद्दामा उनलाई १ बर्ष कैद सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्