झापा, मंसिर २५ । झापाली समाज अमेरिका, टेक्सास च्याप्टरको अध्यक्षमा भुपेन्द्र न्यौपाने चयन भएका छन् ।

टेक्सासको अर्भिङमा १० डिसेम्बरमा टेक्सासमा रहेका झापालीहरुको भेलाले दश सदस्यीय कार्यसमितिको सचिव र कोषाध्यक्षमा क्रमशः सन्तोष खडका र लक्ष्मी ढुंगानालाई चयन गरेको छ ।

यसैगरी कार्यसमितिका सदस्यहरुमा रोशन विमली, मनोज राई, गोपाल गड्तौला, सुलभ विमली, विप्लव कटुवाल, विकेन्द्र बोहोरा र अभिषेक राई चयन भएका छन् ।

सो अवसरमा गैरआवासीय नेपाली संघका आइसीसीमा क्षेत्रीय संयोजक (अमेरिका) बेद बस्नेत, झापाली समाज अमेरिकाका अध्यक्ष यमुना भट्टराई, महासचिब निलम विमली, झापाली समाज टेक्सासका निवर्तमान अध्यक्ष डाक्टर पर्शुराम दाहाल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, महासचित्र बाबुराम दाहाल, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, एनआरएन टेक्सासका अध्यक्ष दिपेन्द्र गुरागाँई, समाजका सल्लाहकार डाक्टर दिनेश मैनालीलगायतले प्रवासमा रहेका सबैले आ–आफ्नो ठाउँको विकास र परोपकार कार्यमा निरन्तर हातेमालो गर्नुपर्नेमा जोड दिए ।
झापाली समाज अमेरिकाका उपाध्यक्ष प्रदिप तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा सचिव श्रद्धा अधिकारीले स्वागत गरेकी थिइन ।

६ बर्षअघि स्थापित झापाली समाज अमेरिकाले झापाका कचनकवल, झापा गाउँपालिका र शरणामतीमा समेतगरी तीन स्थानमा स्थानीय सरकार र रेडक्रससँगको सहकार्यमा एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

यसैगरी समाजले झापामा गरिव तथा जेहेन्दार ८१ र रौतहटमा १० गरी ९१ बालबालिकालाई बार्षिक जनही २१ हजारका दरले छात्रवृत्ति प्रदान गरिरहेको छ ।

झापा विकास मञ्च काठमाडौं र झापा जिल्ला सहकारी संघसँग सहकार्य गरिरहेको समाजले झापाको शैक्षिक विकासको लागि १ करोडको अक्षयकोषको स्थापना गरिसकेको छ । उक्त अक्षयकोष थप १ करोड बृद्धि गर्ने पनि समाजले जनाएको छ ।
समाजले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस किसिमको सहकार्य अरु बढाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्