झापा, मंसिर २६ । एसीसी–१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ ।नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार ब्यहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्