झापा, पुष १ । पाँचथरमा गाडीको छतबाट झरेर एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको हो ।उनको फिदिम नगरपालिका ४ शान्तिपुरमा गाडीको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।संग्रौला नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रामा भाग लिएर फर्किदा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्