झापा,पुष १ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) ३०२३ प्रभावित भएको छ । त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २ गते रंगशाला माग भएपछि एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो रंगशालामा त्रिविको कार्यक्रम हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । आयोजकले एनएसएल अवधिभरका लागि दशरथ रंगशालमा बुक गरेको थियो तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार गर्दै खेल तालिका परिवर्तन गरेको आयोजकले जनाएको छ आयोजकले आज १ पुसमा तय भएको खेल पछि सारेको छ र आज कुनै खेल हुने छैन । आज तय भएको काठमाडौं रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ । आयोजकले २ पुसमा दीक्षान्त समारोह सकिएपछि दिउँसो तीन बजे रंगशालमा एनएसएल आयोजकलाई हस्तानतरण गर्ने आयोजकले जनाएको छ । त्यस्तै सोमबार ५ बजे तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल मंगलबार दिउँसो १ बजे हुने भएको छ । जसले गर्दा मंगलबार दुई खेल हुनेछन् । यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ । एनएसएलमा अब लिग चरणमा ९ खेल बाँकी छ । त्यसपछि प्लेअफ र फाइनलमा चार खेल हुनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्