बिर्तामोड , पुष २ । झापाको धुलाबारीमा सिटी सफारी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडकखण्डमा सिटी सफारी अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अचानक अनियन्त्रित भई पल्टिँदा चालक मेचीनगर–९ बस्ने ४७ वर्षीय बद्रीबहादुर बस्नेत घाइते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल ल्याइएकोमा चिकित्सकले ५ः५० बजे मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बस्नेतको शव अस्पतालमा रहेको र सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्