झापा , पुष २ । करिव ८ महिनाअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ ।

३५ वर्षीय नेपालको आज बिहान १० बजे घरमै मृत्यु भएको हो । गत चैत महिनाको अन्तिममा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई उनी घाइते भएका थिए ।

उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो । त्यसपछि घरमै लगिएको थियो । नेपालले बिर्तामोडको भद्रपुर रोडमा हेल्मेट व्यवसाय संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्