एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ ।

गएराति गएको भूकम्पमा परेर १ सय ११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन् । बीबीसीले चीनको उत्तरपश्चिम क्षेत्र गान्सु प्रान्तमा ५.९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। दुई सय भन्दा धेरै घाइते भएका छन्।

भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो।प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्