झापा,पुष ४। हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालय, हल्दीबारीका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।उनी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय , डिभिजन बन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पूरा गरि उनको शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्