बिर्तामोड, पुष ४ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ ।

संस्थाको २४ औं वार्षिक उत्सव तथा २३ औं वार्षिक साधारण सभामा निर्णय प्रमाणिकरण कार्यक्रमको अवसर पारेर उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नन्ददेवी बस्नेत, पुष्पलता ढुंगाना, ताराबहादुर राई, मञ्जु खत्री,हरिप्रसाद ढकाल, इन्दिरा ढुंगाना, उमेश गणेश,हरिमाया दाहाल, गीता निरौला, उद्धव कार्की र चैतन्य अधिकारी रहेका छन् । त्यस्तै स्थापनाकालका सदस्यहरु जयप्रसाद गौतम र भुपेन्द्र भट्टराईलाई समेत मायाको चिनो र खादाले सम्मान गरिएको थियो ।


कर्णाली साकोसको शेयर पूँजी ४८ करोड ८० लाख २१ हजार सात सय रुपैँया पुगेको छ । २०५७ सालमा ५३ हजार सात सय रुपैँया शेयर पूँजीबाट सहकारीले कारोबार शुरु गरेको थियो ।
संस्थाले सार्वजनिक गरेको बार्षिक प्रगति प्रतिवेदनमा २६ जना शेयर सदस्यबाट कारोबार शुरु भएको संस्थामा हाल ५० हजार ७१६ जना शेयर सदस्य रहेको उल्लेख छ ।


कर्णालीले इलामको ४, झापाको १५ र मोरङको ७ गरी २६ पालिकामा ४१ वटा सेवाकेन्द्रमार्फत कारोबार गरिरहेको छ । साकोसले ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने, १ लाख सदस्य पुर्याउने, सेवाकेन्द्र विस्तार गरेर ६० वटा पुर्याउने, शेयर पूँजी १ अर्ब पुर्याउने भिजन २०९० प्रक्षेपण गरेको छ । कर्णालीले गत आवमा ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ रुपैँयाको वासलात तयार पार्दा ९ करोड ११ लाख ५० हजार ६०९ रुपैँया खुद नाफा आर्जन गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए ।

कर्णालीले १० वटा शिर्षकमा बचत कारोबार सञ्चालन गरेको छ भने ९ वटा फरक क्षेत्रमा ऋण लगानी गरिरहेको छ । प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघका सदस्य केशव बस्नेतले पनि मन्तव्य राखेका थिए । सचिव भुपाल बस्नेतले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष एकराज विष्टले गरेका थिए ।


आगामी कार्यकालका लागि संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा मंसिर १९ गते नै मनोनयन दर्ता गरेर निर्वाचन कार्यक्रम अगाडी बढाएपनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन ।सर्वसम्मत गर्न नसके पुष १३ गते चुनावी प्रक्रियामा जाने अध्यक्ष प्रधानले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्