झापा , पुष ५ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–८ मा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घाइतेको उपचार हुँदै

आठबिसकोट नगरपालिका – ९, राडी बजारबाट वडा नं. ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागि राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको रा १ त १४ नम्बरको ट्रयाक्टर वडा नं. १० तिरिकोटमा गएराति १० बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार ज्यान गुमाउनेहरूमा आठबिसकोट– १० का ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, ५२ वर्षीय भद्र सार्की, आठबिसकोट–८ का ४८ वर्षीय धनराम सार्की तथा सोही स्थानकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको अवस्था खतरामुक्त रहेको र उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्