झापा, पुष ७ । ताप्लेजुङको साविक तेल्लोक हालको श्रीजंगा गाउँपालिका वडा नं ३ का धनबहादुर लिम्बू बेपत्ता भएको करिव ४० बर्षपछि भेटिएका छन् ।

६० बर्षको उमेरमा उनी भारतको सिक्किममा फेला परेका हुन् । उनी ४० बर्षभन्दा अघिदेखि परिवारको सम्पर्कमा थिएनन् ।
सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद नामक संस्थाले लिम्बूलाई दुई महिनाअघि बेवारिसे अवस्थामा फेला पारेर परिषदद्वारा सञ्चालित पुनस्र्थापना केन्द्रमा राखेको थियो ।

प्रहरीले सोही संस्थासंग समन्वय गरेपछि संस्थाका प्रतिनिधिहरुले शनिवार लिम्बूलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएका थिए । उनलाई शनिवार नै भतिज नाता पर्ने ताप्लेजुङ साविक तेल्लोक गा.वि.स. वडा नं.२, हाल श्रीजंगा गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय आईतराज लिम्बूलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्