झापा,पुष ८ । चालु वर्षको साउनदेखि मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अविधमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो । गत आर्थिक वर्ष साउन–मंसिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो । विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ । पेट्रोल र ग्यास क्रमशः २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैंचा र अलैंची निर्यात भएको छ । विभागका अनुसार साउनदेखि मंसिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैंचा र ३ अर्ब ९ करोड रुपैंयाँ बराबरको अलैंची निर्यात भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्