झापा , पुष १३ । झापाको बिर्तामोड ३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।

अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ – भेनियर राखेको ठाउँमा बिहान ४ बजे अचानक आगलागी भएको हो । आगलागीबाट अन्दाजी ३ तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्