झापा, पुष १३ । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले आफ्नो ५६औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको हो । यस क्रममा गोपालकुमार–रमा बस्नेत अक्षयकोषबाट अप्सरा योङ्हाङ, रोहिणीप्रसाद अधिकारी, येलिना तिम्सिना, आरुष थापा, विमला हेमरम र दिपसन बिष्ट पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५ हजार ५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै युवराज डाँगी छात्रवृत्तिबाट सुप्रिया राजवंशी, जितबहादुर सार्की, सेविना बुडा र हार्दिक गौतम पुरस्कृत भएका छन् । उनीहरुलाई जनही १५ सय रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो ।

त्यस्तै चन्द्र– विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेहरुमा कक्षा १२ का स्नेहा न्यौपाने, रोहिनीप्रसाद अधिकारी , कक्षा १० का मेडिना भण्डारी र जीवन थापा रहेका छन् । उनीहरुलाई जनही ३ हजार ५ रुपैयाँको पुरस्कार प्रदान गरियो ।
सोही प्रतिष्ठानद्वारा कक्षा ८ का येलिना तिम्सिना, सन्दिप गिरीलाई जनही २ हजार ५ रुपैयाँका दरले पुरस्कृत गरियो भने विद्यालय प्रथम हुने येलिना तिम्सिनालाई थप २ हजार ५ , द्वितीय हुने दिप्ती सुवेदीलाई १५ सय ५ र तृतीय हुने आरुष थापालाई १२ सय ५ रुपैयाँले पुरस्कृत गरियो ।

त्यस्तै मोहनमाया विद्या पदक पुरस्कारबाट ३७ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा विजु भुजेल,वविता खतिवडा, उत्सव भारती, सुमन्त्र कुमार साह, तौलेन्द्र यादव, महमद साकलेन मुस्ताक र हंस नारायण राजवंशी रहेका छन् । उनीहरुलाई जनही ५ हजार ५ रुपैयाँ नगदले पुरस्कृत गरियो ।

त्यस्तै एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि जनही २५ सय ५ रुपैयाँसहित पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा जीवन थापा, आभाष उप्रेती, मेडना भण्डारी, निशान न्यौपाने, भिजन दाहाल, विपुल कोइराला, जेशिका ओली, रीजा पराजुली, इना खतिवडा , स्मृति भण्डारी, उदेश्य खतिवडा, आकृति पाठक, श्रीया प्रसाई, विवेक भट्टराई, इक्सा तुम्रुक, कविन राजवंशी, नोविका तिम्सिना, पनिका खरेल, प्रयत्न आचार्य, सौरभ दाहाल, सुशाना कोइराला, दिपाली कुुगेनाम, प्राञ्जल घिमिरे, सुमिना श्रेष्ठ, सदिक्षा ओझा, सुशील खनाल र रोहिनीप्रसाद अधिकारी रहेका छन् ।

त्यस्तै सुश्री सावित्री बस्नेत अक्षयकोषबाट कक्षा १ देखि ११ सम्मका विद्यार्थी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा परिना बुढाथोकी, जोन राजवंशी, मेघा निरौला, एडिसन राई, कञ्चन उप्रेती, अनुरोध लुुईटेल, प्रनिता बास्तोला, आरुष थापा, अपेक्षा नेम्वाङ, नविन सहनी, दिप्ती सुवेदी, इन्द्रप्रकाश काफ्ले , अदिती आचार्य, प्रज्ञान खनाल, ताकिता शर्मा र नविन तिवारी रहेका छन् । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई जनही एक हजार ५ , कक्षा ६ का विद्यार्थीलाई १५ सय ५, कक्षा ७ का विद्यार्थीलाई २ हजार ५ ,कक्षा ९ का विद्यार्थीहरुलाई २५ सय ५ र कक्षा ११ का विद्यार्थीहरुलाई ३ हजार ५ रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो । त्यस्तै तीन जना शिक्षकलाई सम्मान गरिएको छ । चन्द्र– विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा माध्यमिक तहका विज्ञान शिक्षक नितेश कामती , गोपालकुमार – रमा बस्नेत अक्षयकोषबाट माध्यमिक तहका शिक्षक नरेन्द्र राउत र सुश्री सावित्री बस्नेत अक्षयकोषबाट केयरटेकर अम्बिका दाहाल पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५ हजार ५ रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका देविका निरौला बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रम राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकलगायतले बोलेका थिए ।

विद्यालयकी शिक्षक अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्काउट मार्चपास गर्दै विद्यार्थीले सलामी अर्पण गरेको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा विज्ञान प्रदर्शनीको समेत आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मुकुन्द ढुुङ्गानाले गरेका थिए ।सोही कार्यक्रममा शिक्षकहरु पुण्यप्रसाद भण्डारी र टिका भण्डारीलाई विदाई गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्