झापा,पुष १४ । मानव तस्करहरूले पछिल्लो समय खाडीका विभिन्न मुलुक तथा नेपाल, भारत हुँदै आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई युरोपका विभिन्न मुलुकमा पु¥याउने क्रम बढेको छ । गैरकानुनी बाटो हुँदै नेपालीलाई स्पेन पु¥याउने गिरोहका नौ जनालाई स्पेन प्रहरीले पक्राउ गरेको छ ।स्पेनी प्रहरीले ‘अपरेसन एभरेस्ट’ नाम दिएको कारबाहीमा सो गिरोहको स्पेनमा रहेको नेटवर्क तोडेको हो । स्पेनका प्रहरी अधिकारीहरूले म्याड्रिड र लस पाल्मासमा गरिएको अपरेसनमा नेपाली नागरिकलाई ठगीपूर्वक सेन्जेन भिसा प्राप्त गराउने काममा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो ।पक्राउ परेको सो समूहले नेपालबाट स्पेनको म्याड्रिड वा लस पाल्मासको भारतीय रेस्टुरेन्टमा नेपाली लैजान गैरकानुनी बाटोको प्रयोग गर्ने गरेको थियो । यसका लागि सो गिरोहले १५ हजार युरो (करिब २२ लाखबढी नेपाली रुपैयाँ) असुल्ने गरेको प्रहरीले जनाएको छ ।यस गिरोहले ८३ जना नेपालीलाई अवैध रूपमा नेपालबाट स्पेन ल्याएको प्रमाण पनि फेला पारेको स्पेन प्रहरीले जनाएको छ । यद्यपि, सो गिरोहले भारतबाट ओसारपसार गर्नेहरूसहित ३ सयबढी नेपालीलाई गैरकानुनी बाटो हुँदै स्पेन भित्र्याएको अनुमान छ । सो गिरोहले थाइल्यान्ड, रसिया, पोल्यान्ड, रुमानिया वा माल्टाको सिमाना हुँदै युरोपेली क्षेत्रमा प्रवेश गराउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्