बिर्तामोड , पुष १४ । आर्थिक संकटका बेलामा पनि बिर्तामोड ३ बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाले नाफा कमाएको छ ।

संस्थाले यस वर्ष खुद नाफा २ लाख ३३ हजार ८१८ रुपैयाँ कमाएको हो । गत वर्ष खुद नाफा ४ लाख १ हजार ७१९ रुपैयाँ रहेको थियो । त्यस्तै संस्थाले गत वर्षको तुलनामा यस वर्ष बचत बृद्धि गरेको छ । यस वर्ष संस्थाले ३ करोड ६८ लाख ३० हजार ६३ रुपैयाँ बचत गरेको छ भने गत वर्ष ३ करोड २८ लाख ६१ हजार ७५ रुपैयाँ बचत गरेको १६ औ बार्षिक साधारणसभाका अवसरमा जानकारी दिइएको छ ।

गरामनी कृषि सहकारी संस्थाले आइतवार १६ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका लेखा समिति संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत तथा लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी ब्यवस्थापक मनिता घिमिरेले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, रामजानकी साकोसका कोषाध्यक्ष जीवन सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा मुनादेबी आपागाई, उत्कृष्ट बचतकर्ताका रुपमा रमेशकुमार राई, उत्कृष्ट ऋणीका रुपमा पुष्पबहादुर कोइराला र उत्कृष्ट बालबचतकर्ताका रुपमा आषुतोष देवलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि ढकाल, संस्थाका अध्यक्ष चापागाई, जिल्ला सहकारी संघ झापाका सह–सचिव कृष्णप्रसाद मिश्र, संस्थाका पूर्व अध्यक्ष मेदनीप्रसाद न्यौपानेलगायतले सम्मानपत्र, दोसल्ला तथा नगदले सम्मान गरेका थिए ।
आर्थिक बर्ष २०७९÷८० सम्ममा २ हजार १६१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ७० लाख २ हजार २०० रुपैयाँ रहेको अध्यक्ष चापागाईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष चापागाईको प्रतिवेदन अनुसार यस आवमा कोष हिसाव ३६ लाख ८० हजार ६१९ रुपैयाँ ५३ पैसा, बचत हिसाव ३ करोड ६८ लाख ३० हजार ६३ रुपैयाँ, लगानीमा रहेको ऋण ७ करोड २३ लाख ४० हजार १५४ रुपैयाँ, आम्दानी हिसाव १ करोड ३८ लाख ७३ हजार ९५७ रुपैयाँ , खर्च हिसाव १ करोड ३६ लाख २७ हजार ८३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्