बिर्तामोड, पुष १५ । शिक्षासेवी स्व.हरिकुमार प्रसाईको बार्षिक पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

वार्षिक पुण्य तिथिमा आयोजित महापुराणको समापनमा दिवंगत प्रसाईप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।श्रद्धाञ्जली सभाका सहभागीहरुले न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक स्व. प्रसाईले शैक्षिक क्षेत्रमा दिइको योगदानको स्मरण गरेका थिए । कार्यक्रममा झापा हिसानका अध्यक्ष सुरेश पौडेल , प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो ,उपाध्यक्ष छत्र कार्कीसहित जिल्ला प्याव्सनको टीम , बिर्तामोड नगर प्याव्सनका अध्यक्ष उत्तम खनाल ,प्याव्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल , बिर्तामोड नगर शिक्षा समिति सदस्य गुरुभक्त न्यौपाने , न्यूटन्स एजुकेशन एकाडेमीका अभिभावक संघ इकाईका नरेश भट्टराई , विद्यालय व्यवस्थापन समितिका सदस्य मन्जु राई, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल , शिक्षक संघका नेत्र खरेललगायतको सहभागिता रहेको थियो ।

स्व.प्रसाईको वार्षिक पुण्य तिथिमा गत पुष ८ गतेदेखि १४ गतेसम्म श्रीमद् भागवत सप्ताह महापुराण लगाइएको थियो । महापुराणमा प्रमुख कथा बाचक आचार्य पं. कमल रिजालबाट संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा प्रवचन र केशव रिजालबाट श्रीमद्भागवत मुल पाठ पारायण गरिएको न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्