झापा, पुष १६ । झापा गाउँपालिकाको ५ नं वडा कार्यालयले मदरसाका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ ।

झापा –५ स्थित मद्रासा मिसबाहुल उलुमका सय जना विद्यार्थीहरुलाई वडा कार्यालयले व्याग वितरण गरेको हो ।
व्याग वितरण गर्दै वडाध्यक्ष कृष्णप्रसाद राजवंशीले स्कुल र मदरसालाई मन हुँदाहुँदै पनि सहयोग गर्न नसकेको बताउँदै आगामी दिनमा अझै राम्रा कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै समाजसेवी तथा जग्गादाता इब्राहम अलीले व्यागको खाँचो रहेका विद्यार्थीलाई मात्र व्याग प्रदान गर्न सुझाव दिए ।उनले मदरसाले भौतिक पूर्वाधारसँगै गुणस्तरीय पठनपाठनमा समेत जोड दिनुपर्ने बताए। कार्यक्रममा मदरसा व्यवस्थापन समिति अध्यक्ष सेर मोहमदले व्याग वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिँदै सरकारले सामुदायिक विद्यालय र मदरसालाई सौतेलो व्यवहार गरेको आरोप लगाए ।

वडा सदस्य बिजयप्रसाद राजवंशीले संचालन गरेको कार्यक्रममा वडा सदस्य लक्ष्मीकुमारी गणेश,साजेद सेखलगायतले आ–आफ्ना भनाई राखेका थिए।

झापा गाउँपालिकामा मुस्लिम समुदायद्वारा मुठीदानबाट चलेको मद्रासा मिसबाहुल उलुममा कुल २४५ विद्यार्थी अध्ययनरत छन् ।त्यहाँ कक्षा ६ सम्म पढाइ हुन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्