बिर्तामोड, पुष १६ । विदेशमा अध्ययन गर्न जानेहरुलाई शैक्षिक परामर्श दिन झापाको बिर्तामोडमा एसएमएस कर्पोरेशन सञ्चालनमा आएको छ ।

खासगरी जापान जान इच्छुक नेपाली युवायुवतीलाई भाषा र सीपमुलक तालिम दिने उद्धेश्यले स्थापित कर्पोरेशनको सोमबार उद्घाटन गरिएको छ । उक्त कर्पोरेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अलैची व्यवसायी महासंघका उपाध्यक्ष तथा नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत महेश लुईटेलले स्वागतसहित संस्थाको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन एडमिनिस्ट्रेटिभ डाइरेक्टर चुडामणि काफ्लेले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रव शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, इक्यान झापा अध्यक्ष रोशन सुवेदी, निवर्तमान अध्यक्ष मिलन ओली, सीलिड्सका संझना पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

कर्पोरेशनले जापानसंगै कोरिया ,अमेरिका , क्यानडाका लागि सेवा दिँदै आएको प्रमुख कार्यकारी अधिकृत लुईटेलले बताए । जापान र काठमाडौमा कार्यालय खोलेर कर्पोरेशनसंग आवद्ध भएर करिव ६ सय जनाले जापानमा काम गरिरहेको उनले जानकारी दिए । लुइटेल १५ वर्ष जापानमा बसेर नेपाल फर्किएका हुन् ।जापानिज भाषाका जेएलपिटी, जेएफटी, एनएटी, जेसिआरटीलगायत बिभिन्न तहका कक्षाका साथै अंग्रेजी भाषाका आईइएलटिएस, पिटीई, टिओइएफएल, जिआरईलगायतका कक्षा सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्