झापा,पुष १९ । झापामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ बस्ने ३७ वर्षीय सुमन लिम्बूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्