बिर्तामोड, पुष २१ । कन्काई हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् ।

शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७ औं साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । हस्पिटलको बिधानमा हरेक तीन बर्षमा सञ्चालकमध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधानबमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् । डाँगीको कार्यकाल आगामी तीन बर्षको रहने व्यवस्था बिधानमा छ ।

यसअघि डाक्टर प्रेमबहादुर शाही हस्पिटलका अध्यक्ष थिए । उनले दुई कार्यकाल नेतृत्व गरेपछि अब डाँगीको नेतृत्वमा हस्पिटलको व्यवस्थापन आएको हो । उनी यसअघि हस्पिटलको प्रबन्ध निर्देशक थिए । बिधानमा अन्य सम्पूर्ण सञ्चालक सदस्य रहने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्