झापा, पुष २२ । चौध वर्षअघि ३९ जनाबाट ८लाख ६९ हजार ६०० रुपैयाँको शेयर पुँजीबाट शुरुवात गरेको बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले १ करोड ६१ हजार ४०० रुपैयाँ शेयर पुँजी पुर्याएको छ ।  

१४ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लवकुमार चौधरीले सो जानकारी दिएका हुन् । उनले निम्न वर्गीय समुदायको हितका लागि बचत गर्ने बानीको विकास गर्न र आर्थिक सेवा सुविधा दिने उद्धेश्यले २०६६ सालमा गौरवशाली साकोस स्थापना गरिएको बताए । गत वर्षको तुलनामा यस वर्ष शेयर पुँजी घटेको छ । गत वर्ष १ करोड ४ लाख ४६ हजार ५०० रुपैयाँ शेयर पुँजी रहेको थियो । यस वर्ष ३ लाख ८५ हजार १०० रुपैयाँले घटेको हो । १ हजार ७०६ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष ७ करोड ४६ लाख ४७ हजार ३७७ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ६३ लाख ८३ हजार ३५ रुपैयाँ निक्षेप फिर्ता गरेको छ ।त्यस्तै संस्थाले ४ करोड ५३ लाख १५ हजार ९५ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संस्थाले आर्थिक मन्दीका बेलामा पनि खुद नाफामा बृद्धि गरेको छ । गत वर्ष १२ लाख ९८ हजार ३३ रुपैयाँ नाफा रहेकोमा यस वर्ष संस्थाले १३ लाख ९२ हजार ५१९ रुपैयाँ खुद नाफा कमाएको हो ।

संस्थाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको साधारण सभालाई बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाईले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , संस्थाका सल्लाहकार पार्वता गिरी ,आवद्ध बचत तथा ऋण सहकारी संस्थाकी सदस्य अस्मिता खनाल, कंचनजंघा परोपकार समूहकी अध्यक्ष पार्वता बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा असल बचतकर्ताको रुपमा राजकुमार शाह , बोलोराम राजवंशी , फूलमणि राजवंशी , एन्जल राजवंशी, असल ऋणी तारणीप्रसाद चौधरी , रंजित तामाङ, सीताराम पण्डित, सीरालाल राजवंशी , बाल बचतकर्ता पूजा माझी र असल कर्मचारी चन्द्रकला यादवलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष युवराज विमलीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन सचिव मीरा खड्काले गरेको संस्थाकी सहसचिव रुपा राजवंशीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्