झापा, पुष २३ । आर्थिक संकटका बेलामा पनि बिर्तामोड ४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मुनाफा कमाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७९–०८० मा १ लाख ८६ हजार ४१ रुपैयाँ संचालन मुनाफा कमाएको हो । सोमवार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहले विश्वव्यापी कोरोना महामारीको बन्दाबन्दीले घट्दो आर्थिक व्यवस्था , बैंक वित्तीय संस्था तथा सहकारी संस्थाहरुले उब्जाएको प्रतिष्पर्धा निक्षेप तथा कर्जाको व्याजदरमा भएको अस्वाभाविक बृद्धिले गर्दा मुनाफा घटेको बताए । उनले कुल १ हजार ७७० जना शेयर सदस्य रहेको आफ्नो संस्थाले १ करोड ८७ लाख ९९ हजार ९०० रुपैयाँ चुक्ता पुँजी पुर्याएको जानकारी दिए ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की , बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार, कर्मचारी ,असल बचतकर्ता , असल ऋणी , उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकारमा पूर्बाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल रहेका छन् । त्यस्तै असल बचतकर्तामा टिकादेवी मगर , ऋणीतर्फ राजकिशोर ठाकुर , कर्मचारीमा टिकु शाह , एसइईमा उतकृष्ट हुनेहरु नेहा शाह र अनिक चौधरीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रमेशकुमार खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्