लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो ।

जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् ।

आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन २६ गते हुने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्