बिर्तामोड, पुष २५ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अभिव्यक्तिप्रति प्रेस चौतारीले आपत्ति जनाएको छ ।

इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने शिवाकोटीले धम्की दिएको भन्दै चौतारीले आपत्ति जनाएको हो । प्रेस चौतारी झापाले आफ्नो संगठनका उपाध्यक्ष प्रदीप परियारको मानमर्दन हुने गरी सार्वजनिक ठाउँमा अभिव्यक्ति दिएको भन्दै संघका अध्यक्ष शिवाकोटीको आलोचना गरेको छ । प्रेस चौतारीले बुधबार विज्ञप्ति निकालेर अध्यक्ष शिवाकोटीले दिएको अभिव्यक्तिको निन्दा गरेको हो । बिर्तामोडको एउटा सहकारी संस्थाको साधारण सभामा अध्यक्ष शिवाकोटीले पत्रकार परियारविरुद्ध अपमानजनक टिप्पणी गरेको चौतारीले जनाएको छ ।
इजलास दैनिकका सम्पादक परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्की अध्यक्ष शिवाकोटीले दिएको प्रेस चौतारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै पत्रकार महासंघ झापा र प्रेस सेन्टर झापाले पनि विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्