झापा, पुष २५ । झापामा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा वन पैदावार हानी नोक्सानी र चोरी मुद्दाका दोषी रहेका छन् । गत बैशाख १६ गतेको झापा जिल्ला अदालतको फैसला अनुसार वन पैदावार हानी नोक्सानी मुद्दामा दमक नगरपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय कुमार भन्ने देउकुमार सुब्बालाई १५ दिन कैद र ७ हजार ८०५ रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै २०७८ मंसिर २९ गतेको फैसला अनुसार चोरी मुद्दामा पाँचथर साबिक सुभाङ गा.वि.स.वडा नं.३ हाल हिलिहाङ गाउँपालिका वडा नं. ५ घर भई झापा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने २१ वर्षीय सुमन रणपहेलीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका दुवैलाई हिजो पक्राउ गरी आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।