झापा, पुष २६। झापा शिवसताक्षीका एकजना युवकको हत्या गरेका महोत्तरीका अनिलकुमार साहा कलुवार कारागार चलान भएका छन् ।

मृतक प्रधान र हत्यामा संलग्न साहा

मलेसियामा एउटै कम्पनीमा काम गर्ने शिवसताक्षी नगरपालिका ३ बस्ने ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या भएको थियो ।मलेसियाको हर्ता मेन्टेनेन्स कम्पनीमा कार्यरत प्रधानलाई उनीसंगै काम गर्ने महोत्तरीको गौशाला ५ का २४ वर्षीय साहाले गत मंसिर २५ गते हत्या गरेका थिए । साहालाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौँ प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।साहलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार मृतक र साहा मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए ।कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि शाहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डिसेम्बर ११ तारिख बिहान पनि यी दुईबीच सामान्य विवाद भएको थियो । पाँचजना मात्र काममा निस्कन बाँकी थियो । त्यही बेला अन्य तीनजना नभएको मौका छोपेर साहाले प्रधानको टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कम्पनीमै पासपोर्ट छाडेर भागेका साहा त्यसपछि मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्