झापा,पुष २७ । हल्दिवारी गाउँपालिका – २ मा गएराति दुईवटा मोटरसाइकल चोरी भएको छ ।

स्थानीय खार्साङवारी पश्चिम बस्ने पूर्व शिक्षक अर्जुनकुमार पौडेल र उनका छोराले प्रयोग गर्दै आएको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
उनले प्रयोग गर्दै आएको मे ११ प २६०२ नम्बरको सुपर स्प्लेन्डर रातो रंगकोे र छोराले प्रयोग गर्दै आएको मे १२ प २२४० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । हल्दिवारीमा पछिल्लो समय चोरीको घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्