भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर टोलमा एक विपन्न परिवारका लागि युवाहरूले घर बनाइरहेका छन् । बुढेसकालमा चिसो काट्ने घर समेत नभएपछि युवा संघ भद्रपुर नगर कमिटीको अगुवाइमा वृद्ध वृद्धाका घर निर्माणको काम भइरहेको छ ।

स्थानीय रणबहादुर साँवाको लागि बस्न सकिने घर निर्माणका लागि युवा संघले अगुवाइ गरिरहेको भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार अति समस्याग्रस्त घरमा वृद्ध बा र आमाको दैनिकी कष्टकर देखेर बस्न मिल्ने गरीको घर निर्माण सुरु गरिएको हो ।

दाताहरूको समेत सहयोगमा घर निर्माण गरिरहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार बरन्डासहित दुई वटा कोठाको घर निर्माणमा युवा संघले श्रमदान गरिरहेको छ ।

दैनिक १० जनाभन्दा बढी युवाहरूले घर निर्माणमा श्रमदान गरिरहेका छन् । माघ १० भित्र घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाएको युवा संघ भद्रपुरले दाताबाट घर निर्माणका लागि आवश्यक सामग्रीहरूको पनि सङ्कलन गरिएको बताइएको छ । स्थानीय दाताले १० धुर जग्गा साँवा परिवारलाई सहयोग गरेका थिए । सोही जग्गामा घर निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्