धुलाबारी, पुष २७ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ ।

धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको अध्यक्षतामा सात सदस्यीय इकाई समिति गठन भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जनाएको छ । नवगठित समितिको कार्यकाल दुई वर्षको रहने विधानमा व्यवस्था छ ।

व्यवसायीहरुको क्षेत्रीय भेलाले समितिको उपाध्यक्षमा चारआलीका गणेश काफ्ले, सचिवमा काँकडभिट्टाका खिलबहादुर घिमिरेलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा पूजा सापकोटा धुलाबारी, निखिल खड्का नकलबन्दा, कृष्ण भण्डारी धुलाबारी र रुद्रबहादुर बिष्ट मेचीनगर सर्वसम्मत चयन भएका छन् ।

सो कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष जीवन नेपाल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणी घिमिरे (चन्द्र)लगायतको उपस्थिति थियो। ।

यसअघि क्षेत्र नम्बर ३,४ र ५ मा इकाई समिति गठन भएको थियो । अव शनिवार क्षेत्र नम्बर २ को इकाई भेलाले नयाँ समिति गठन हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्