झापा, पुष २७ । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/10/accident_bdxoZeA7Bv-1024x478.jpg)
मृत्यु हुनेमा झापा गाउँपालिका–५ निवासी ३२ वर्षीय गुना राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा–६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा शुक्रबार साँझ ५ः५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलयात्री राजवंशीलाई ठक्कर दिएको थियो।
घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने मोटरसाइकल र चालक ललितपुर सातदोबाटो निवासी दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शंकर दाजुको घरमा पाहुना आएका थिए।