झापा,पुष २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस झापामा पनि मनाइएको छ ।


सोही अवसरमा कचनकवलस्थित पाठामारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा र कचनकवल गाउँ समितिको आयोजनामा पृथ्वी जयन्ती तथा एकता दिवस मनाईएको हो । बिहान ८ बजे समितिले पाठामारी नयाँहाटमा सरसफाई गरेको थियो भने दिउँसो १२ बजे पाठामारी नयाँहाटमा कार्यक्रम गर्दै साँझ ६ बजे बनियानी चोकमा दीप प्रज्ज्वलन गरेको थियो ।

कार्यक्रमको अध्यक्षता रबिचन्द्र ओझाले गरेका थिए भने प्रमुख अतिथि सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक रहेका थिए । कार्यक्रममा संविधान सभा सदस्य भक्त खपांगी , प्रदेश सांसद निमसरी राजवंशी , हल्दिवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, राप्रपा झापाका कार्यबाहक अध्यक्ष सिता लम्साल,अन्जरा आलम, मानप्रसाद लिङ्देन,शारदा रिजाल, सूर्यनारायण गणेश, लक्ष्मी ढकाललगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममाथि भरत खपांगीले प्रकाश पारेका थिए भने कार्यक्रममा मुना आलमले कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन राप्रपा जिल्ला सचिब कुमार थापाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्