झापा, पुष २८ । झापाको बुद्धशान्ति–७ निवासी अभिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् ।

फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।

आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्