इलाम, माघ १ । इलामको सूर्याेदय नगरपालिका–१०, याङमा गएराति एक घरमा आगलागी भएको छ ।

स्थानीय टीकाप्रसाद भट्टराईका दुईवटा घरमध्ये एउटामा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको स्थानीय शम्भु ढकालले जानकारी दिए । आगलागीबाट किराना पसलसहित घरमा राखिएका सामान सबै जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

तल्लो तल्लामा बाँधिएका गाईवस्तु जोगाउन सफल भएको ढकालले बताए । राति करिव २ बजेतिर लागेको आगो स्थानीय र सूर्याेदय नगरपालिकाको वारुणयन्त्रको सहायतामा नियन्त्रणमा आएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्