झापा, माघ १ । झापा हल्दिवारीका एक व्यक्ति घर बनाउने क्रममा लडेर गंभीर घाइते भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/01/419371280_7205845496105593_7688216111197027394_n-1.jpg)
हल्दिबारी – २ माङयुङ बस्तीका सन्तोष माङयुङ घरको मिस्त्रीको काम गर्ने क्रममा हिजो एकतलाबाट लडेर गंभीर घाईते भएका हुन् । उनको भद्रपुरस्थित ओमसाई अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्त कुमार राईले बताएका छन् । उनी आफन्तको घर बनाउन गएका थिए ।