झापा , माघ १ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँले घटाएको हो ।
जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । घटाइएको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्