झापा , माघ २ । प्रतिबन्धित लागूऔषधसहित झापामा दुईजना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ९ बाट शिबसताक्षी– १० का ३० बर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित औषधि Tramadol– ७५ हजार ८ सय ३० क्याप्सुल, Dicyclomine– २३ हजार ९ सय ७० क्याप्सुल र Vibel– ५ सय ९० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको हो । मे. १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद भएको थियो । ठुलो परिमाणमा औषधि बरामद भएसंगै अटोसहित भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ५ बाट स्थानीय २२ बर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर– १५ बाट ब्राउनसुगर ११ मिलिग्राम र नाईट्रोजन औषधि १० चक्कीसहित स्थानीय ४६ बर्षीय अरुण शाही र ४६ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको छ ।

यसैगरी धरान उप–महानरपालिका– ४ का २० बर्षीय सुलभ राईले लागूऔषध गाँजा लुकाईछिपाई राखेको भन्ने सूचना पाएसगै अस्थाई प्रहरी पोष्ट पत्राङबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १ किलोग्राम गाँजा फेला पारी राईसहित बेचबिखनमा संलग्न २६ बर्षीय अनिस राईलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्