झापा, माघ २ । मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकैदिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन् ।

उनीहरू दुवै जना गत पुष २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन् । नाति लेखनाथ बास्कोटाका अनुसार पुष २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चौक निस्किन्छु भनेर हिँडेका उनका हजुरबुबा एक साता बितिसक्दा पनि घर फर्किएका छैनन् । कान कम सुन्ने र बेला–बेला होसका कुरा नगर्ने ७६ वर्षीय बास्कोटा हेर्दा खाइलाग्दो देखिन्छन् । उनको एकोहोरो हिँडिरहने बानी छ ।

एक सातायता खोजीलाई तीव्र बनाए पनि कहीँ कतै नभेटिएको लेखनाथको भनाइ छ । उनी छोरा गोपाल बास्कोटाको साथमा बस्दै आएका थिए । यस्तै, सोही दिनको सोही समयमा उर्लाबारी–९ का ७६ वर्षीय नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्