झापा, माघ २ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमक नगरपालिका ८ का ३५ वर्षीय नविन बस्नेत पक्राउ परेका छन् ।

मंगलवार दिउँसो ३.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बस्नेतलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीभित्र २ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यवाहक प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्