झापा , माघ ४ । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले कचनकवल र अर्जुनधारामा चारवटा घर भत्काएर क्षति पु¥याएको छ ।

बिहीवार बिहानको राति १ बजेको समयमा कचनकवल वडा न.३ दल्कीस्थित दुर्गाभिटा वन क्षेत्रबाट आएको जंगली हात्तीको समूहले ईश्वरसिंह राजवंशीको जग्गामा बस्दै आएका सुरेश राजवंशीको टिनको छानो भएको भुइँघर र घरमा राखेको २५ मन धान पूर्ण रुपमा क्षति गरेको छ । त्यस्तै फाकताल राजवंशीको टिनको छानो भएको भुइँतले भान्सा , देवलाल राजवंशीको घर जग्गामा बस्दै आएका सेल्टु राजवंशीको टिनको छानो भएको सुत्ने घर र घरमा राखेको चामल २० मन नष्ट पारेको छ ।

त्यस्तै हात्तीले झापाको अर्जुनधारामा एउटा घर भत्काएको छ । बिहीवार बिहान ३ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका– ३ जुकेखाडी बस्ने पदम जोशीको घरमा एउटा जंगली हात्ती आई घरको टाटीबेरा भत्काएको हो ।हात्तीले घरमा रहेको अन्दाजी ७ मन धान खाई घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्