झापा,माघ ५ । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको जनाइएको छ ।दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको ज्यान गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागूऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्