झापा,माघ ६ । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका– ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राईको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्