झापा,माघ ७ । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् ।

गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हुन् । टिकटक गत भदौदेखि ठुला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७९-८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स(डीएसटी)बापत गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठुलो करदाता कार्यालयले जनाएको छ । ठुलो करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने १३ वटा कम्पनीले सो कर तिरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्