झापा,माघ ७ । आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोलीले आज न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालले समूहको पहिलो खेल न्युजिल्याण्डसँग खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो १ ः ४५ बजे सुरु हुनेछ।

नेपालले आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने पक्षमा छ। नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन्। गुलसन झाले सिनियर टीमबाट खेलेर अनुभव बटुलेका छन्।

यू–१९ विश्वकपमा नेपालले यसअघि २००६ र २०१६ मा भएका दुवै खेल जितेको थियो। ८ वर्षपछि तेस्रो पटक न्यूजिल्याण्डको सामना गर्न लागेको नेपालले ‘ह्यट्रिक’ गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्