झापा,माघ ७ । सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ । उक्त मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो ।मस्यौमाथि राय तथा सुझाव माग गरेको हो ।त्यसका लागि निश्चित ढाँचामा विधेयकबारे १५ दिनभित्रमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध महानुभावहरु, सरकारी÷सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने तथा सरोकारवाला निकायले सुझाव पेश गर्न सक्नेछन् । आवश्यक सुझावबाट प्रस्तुत विधेयक अझ बढी समृद्ध हुने मन्त्रालयको अपेक्षा रहेको जनाएको छ ।
यसअघि विद्यालय शिक्षा विधेयकमाथि आवश्यक सुझाव माग नगर्दा निकै विवादमा आएको थियो । जसले गर्दा उक्त विधेयकमाथि १५३ जना सांसदहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव हालेका छन् । शिक्षा विधेयकलाई विवादमा नल्याउन सरकारले मस्यौदामा नै आवश्यक सुझाव माग गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्