झापा,माघ ९ । चलचित्र ‘अगस्त्य’ निर्माण पक्षले आफ्नो सिनेमाका मुख्य कलाकारका चरित्रसहितको पोस्टर सार्वजनिक गरेको छ ।

निर्माण पक्षका अनुसार यो सिनेमामा मलिका महत चाँदनी पात्रको भूमिकामा रहने छिन् ।

सार्वजनिक पोस्टरमा मलिका सौगात मल्लसँग देखिएकी छन् । फागुन १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य’मा मुख्य भूमिकामा सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेतलगायत कलाकार छन् ।

सौरभ चौधरीको निर्देशनमा तयार यो चलचित्रमा विजय बराल, रवीन्द्र झालगायत कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्