झापा,माघ १२ । झापाको बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ । स्ववियुले क्याम्पस प्रमुख र लेखाको कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

स्ववियु निर्वाचन सम्पन्न भएको १० महिना पुरा हुँदा समेत क्याम्पसले आफ्नो दायित्व पुरा नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको सभापति प्रदीप बर्देवाले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले स्ववियुलाई गुमनाम बनाउने प्रयास गरेको छ ।

स्ववियुले पाउनुपर्ने अधिकार र बजेट समेत उपलब्ध नगराएकोले तालाबन्दी गरिएको जनाइएको छ । स्ववियु कोषले अनिवार्य प्राप्त गर्नुपर्ने रकम नपाएसम्म ताला नखोल्ने स्ववियु सभापति बर्देवाले जानकारी दिएका छन् । विद्यार्थीको साझा संस्था स्ववियुमाथि क्याम्पसले गरिरहेको व्यवहार बेठिक भएकाले तत्काल सच्याएर पुरा गर्नुपर्ने दायित्व पुरा गर्न बर्देवाले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्