कुमरखोद, माघ १२ । झापा गाउँपालिका वडा नं २ मा रहेको झापा बजार व्यवस्थापन समितिलाई फोहोर व्यवस्थापन गर्नका लागि डस्टवीन , बेल्चा र पंजालगायतका सामग्री सहयोग मिलेको छ ।


झापा गाउँपालिका वडा नं २ मा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) झापा बजार सेवाकेन्द्रले सहयोग गरेको हो । शुक्रवार एक कार्यक्रम गरी झापा बजार व्यवस्थापन समितिलाई बजार क्षेत्रलाई सरसरफाई राख्नका लागि १४ वटा रिङ , बेल्चा , पंजालगायतका सामग्रीहरु संयोजक अम्विका भण्डारीले हस्तान्तरण गरेकी हुन् ।सामाजिक योगदानमा मेरो पनि एक रुपैयाँ युनिट कोषमा जम्मा भएको रकमबाट खर्च गरिएको एनएमसी सेवाकेन्द्रका व्यवस्थापक भेषराज ढुङ्गेलले जानकारी दिए । व्यवस्थापक ढुङ्गेलले एक–एक रुपैयाँबाट जम्मा भएको रकममा संस्थाले त्यति नै रकम थप गरी कोष खडा गरिएको बताए ।

क्षेत्रीय समन्वय समितिका सदस्य सुन्दरलाल गणेशले झापा बजारलाई सफा राख्न र स्वस्थ जीवनका लागि सम्पूर्ण व्यापारीहरुलाई फोहोर जथाभावी नफाली डस्टवीनमा फाल्न अनुरोध गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , उपसमिति सदस्यहरु कल्पना खड्का , ज्ञाननाथ उप्रेती , रामकुमार ठाकुर , बजार समितिका पदाधिकारीहरु, एनएमसीका कर्मचारी र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्