झापा,माघ १३ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले उनलाई नक्कली प्रमाणपत्र मुद्दामा शुक्रवार दोषी ठहर गरेको हो । २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएर मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्